Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

स्पेनका राजदुत नेपाललाई माल्टाको पनि जिम्मेवारी

स्पेनका राजदुत नेपाललाई माल्टाको पनि जिम्मेवारी

  • बुधवार, बैशाख १० २०८२

  • 663
    SHARES

  • स्पेनका राजदुत नेपाललाई माल्टाको पनि जिम्मेवारी

    काठमाडौँ । स्पेनका लागि नेपालका आवासीय राजदूत शनिल नेपाललाई गणतन्त्र माल्टाका लागि गैरआवासीय राजदूत पदको जिम्मेवारी पनि तोकिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपालका लागि माल्टाको राजदूत पदमा नेपाललाई नियुक्त गर्नुभएको हो ।

    त्यस्तै राष्ट्रपति पौडेलले इजरायलका लागि नेपालका आवासीय राजदूत धनप्रसाद पण्डितलाई गणतन्त्र साइप्रसका लागि नेपालको राजदूतमा नियुक्त गर्नुभएको छ ।

    राष्ट्रपति कार्यालय शीतल निवासले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपाल र पण्डितलाई माल्टा र साइप्रसको राजदूतको पनि जिम्मेवारी दिइएको जानकारी दिएको छ ।

     


    बुधवार, बैशाख १० २०८२०३:२४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij