Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मंगलबार पनि घट्यो सेयर बजार

मंगलबार पनि घट्यो सेयर बजार

  • मंगलवार, बैशाख ९ २०८२

  • 668
    SHARES

  • मंगलबार पनि घट्यो सेयर बजार

    काठमाडौं । आज नेप्से परिसूचक घटेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ९.९६ अङ्क घटेर २६८८.३२ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.९१ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स ०.८६ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अङ्कले घटेको छ ।

    कारोबारमा आएका ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार कित्ता शेयर ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार रुपैयाँ बराबरको २ खरिदबिक्री भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। सोमबार ८ अर्ब ७७ करोडको शेयर खरिदबिक्री भएको थियो ।

    १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। अन्य उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।


    मंगलवार, बैशाख ९ २०८२०३:५४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij