Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कक्षा १२ को परिक्षा तोकिएको समयमै हुने - शिक्षक महासंघद्वारा परक्षा बहिष्कार

कक्षा १२ को परिक्षा तोकिएको समयमै हुने - शिक्षक महासंघद्वारा परक्षा बहिष्कार

  • मंगलवार, बैशाख ९ २०८२

  • 1.1K
    SHARES

  • कक्षा १२ को परिक्षा तोकिएको समयमै हुने - शिक्षक महासंघद्वारा परक्षा बहिष्कार

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनमा सबै संयन्त्र प्रयोग गर्ने भएको छ । यही वैशाख ११ गतेदेखि हुने परीक्षाको व्यवस्थापन र सञ्चालनमा शिक्षक सहभागी नभए अरु संयन्त्र प्रयोग गरेर भए पनि परीक्षा सञ्चालय गर्ने निर्णय बोर्डले गरेको छ ।

    ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत स्थानीय निकायलाई भन्ने । जिल्लामा परीक्षा समन्वय समिति छ । शिक्षा इकाइ छ । प्रदेशमा बोर्डको कार्यालय छ । सबै मिलेर केन्द्राध्यक्ष खटाएर परीक्षा हुन्छ,’ परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भन्नुभयो ।

    सबै शिक्षक नभए पनि कर्मचारीको सहयोगमा परीक्षा सञ्चालन गर्ने बोर्डले जनाएको छ । तर परिक्षा संञचालनका लागि आग्रह गर्दै बोर्डले शिक्षकहरुलाई परिक्षा संञचालनमा सहज वातावरण निर्माण गर्नका लागी आग्रह समेत गरेको छ । बाहिरी सुरक्षाका लागि प्रहरी परिचालनन हुने बोर्डले जनाएको छ ।

    यसपटक १२ कक्षाको परीक्षा दिने विद्यार्थीको संख्या ५ लाख ११ हजार छ । परीक्षा केन्द्र १ हजार ५९० तोकिएको छ । यसअघि परीक्षा सञ्चालनमा खटिने जनशक्तिका लागि तालिम हुने गरे पनि यसपटक शिक्षकहरु आन्दोलनमा भएकाले तालिम समेत भएको छैन ।

    शिक्षक महासंघले भने परीक्षा नै बहिस्कार गर्ने अडान कायम राखेको छ । परिक्षा हुन दुई दिनको समय मात्रै बाँकी रहेको समयमा बोर्ड परिक्षा संचालन गर्ने निर्णय गरेको भन्दै शिक्षक महासंघका महासचिव तुला थापाले कक्षा १२ को परिक्षा वहिष्कार गर्ने बताउनुभयो ।

    शिक्षा ऐन जारी गर्न माग गर्दै २० चैतदेखि शिक्षक तथा कर्मचारीहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन् । आन्दोलनका कारण कक्षा १२ को परीक्षा हुने कि नहुने भन्ने अन्योल भएका बेला आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले निर्धारित मितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।


    मंगलवार, बैशाख ९ २०८२०१:४५:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij