Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जुम्लामा आजदेखि हिमाली संवाद शुरु हुँदै

जुम्लामा आजदेखि हिमाली संवाद शुरु हुँदै

  • मंगलवार, बैशाख ९ २०८२

  • 404
    SHARES

  • जुम्लामा आजदेखि हिमाली संवाद शुरु हुँदै

    काठमाडौं । जुम्लाको सदरमुकाम खलङ्गा बजारमा आजदेखि हिमाली संवाद शुरु हुँदैछ ।

    संवादले यकीन गरेका हिमाली क्षेत्रका समस्यालाई स्थानीय, प्रादेशिक, सङ्घीय र अन्तरराष्ट्रियस्तरमा उठान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संवाद आयोजक समितिका प्रमुख गोविन्दबहादुर शाहीले बताउनुभयो ।

    कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपालका कार्यकारी निर्देशकसमेत रहेका शाहीले कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लामध्ये आठ जिल्लाका युवा सहभागी हुने जानकारी दिनुभयो ।

    त्यहाँका बालबालिका, युवा, तथा पछाडि परेका समुदायको सहभागिता रहने छ ।

    कार्यक्रममा वातावरण विज्ञ, नीतिनिर्माता, हिमाली क्षेत्रका समुदाय प्रतिनिधि, पत्रकार, सामाजिक अभियन्ता तथा राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी निकायका प्रतिनिधिको सहभागिता रहने कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले जनाएको छ । संवाद भोलिसम्म चल्नेछ ।


    मंगलवार, बैशाख ९ २०८२०९:२६:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij