Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

निजी विद्यालय पनि बन्द गर्न महासंघको आग्रह - अभिभावक सङ्घद्वारा मानव अधिकार आयोगको ध्यानाकर्षण

निजी विद्यालय पनि बन्द गर्न महासंघको आग्रह - अभिभावक सङ्घद्वारा मानव अधिकार आयोगको ध्यानाकर्षण

  • आइतवार, बैशाख ७ २०८२

  • 415
    SHARES

  • निजी विद्यालय पनि बन्द गर्न महासंघको आग्रह - अभिभावक सङ्घद्वारा मानव अधिकार आयोगको ध्यानाकर्षण

    काठमाडौं । शिक्षक महासंघले शैक्षिक हड्ताल भएकाले निजी विद्यालय पनि बन्द गर्न आग्रह गरेको छ । महासंघले विज्ञप्ति निकालेर निजी विद्यालय सञ्चालकहरूलाई विद्यालय बन्द गर्न आग्रह गरेको हो । देशभरका सबै विद्यालय पूर्णरुपमा बन्द गरी काठमाडौं आउन सबै शिक्षक–कर्मचारीलाई महासंघले आग्रह गरेको छ ।

    आन्दोलनको यो अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण लगायतका कुनै पनि क्रियाकलापमा संलग्न नहुन महाससंघले शिक्षकहरूलाई निर्देशन दिएको छ । कक्षा १२ को परीक्षामा संलग्न नहुन पनि प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई महासंघले आग्रह गरेको छ ।

    यसैवीच ध्यानाकर्षण गराएको छ । १९ दिनदेखि शिक्षक तथा विद्यालय कर्मचारीहरू आन्दोलनमा रहेका बेला सङ्घले आयोगको ध्यानाकर्षण गराएको हो । आन्दोलनका कारण सामुदायिक विद्यालयका करिब ५५ लाख विद्यार्थीको पठनपाठन, परीक्षा, नतिजा प्रकाशन, विद्यालय भर्ना लगायतका विषय प्रभावित भएको छ । जसले गर्दा विद्यार्थीहरूको पढ्न पाउने अधिकार हनन् भएको भन्दै अभिभावकहरूको संस्थाको ध्यानाकर्षण भएको हो ।

    शिक्षाका सरोकारवालाहरूको समस्या राज्यले हल गर्नु जरुरी रहेको भन्दै सङ्घले शिक्षकका जायज मागहरू तत्काल पुरा गर्न माग गरेको छ । शिक्षक खुसी भए भने मात्रै कक्षा कोठा रमाउने भन्दै शिक्षकलाई सम्मान गर्ने कुरामा राज्य चुक्न नहुने सङ्घको ठहर छ । विद्यार्थीहरूको पढ्न सिक्न पाउने नैसर्गिक अधिकारको सबै क्षेत्रबाट सम्मान गरिनुपर्ने समेत सङ्घले जनाएको छ ।

    कक्षा १२ को परीक्षासमेत प्रभाव हुनसक्ने भन्दै आयोगको गम्भीर ध्यानाकर्षण गराएका हुन् । विद्यार्थीहरूको पढ्न पाउने हक, बालअधिकारको रक्षा गर्दै तत्काल आम शिक्षकहरूका समस्याको हल गरेर सामुदायिक विद्यालयहरू सञ्चालनमा आउन सक्ने वातावरण बनाउन आग्रह गरेको हो । १२ कक्षाको परीक्षा हुने शान्तिपूर्ण वातावरण मिलाउन समेत आम अभिभावक तथा विद्यार्थीहरुका माग गरेका हुन् ।


    आइतवार, बैशाख ७ २०८२०७:२८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij