Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

समाजसेवी पोखरेलद्वारा गरिब तथा जेहन्दार विद्यार्थीलाई सहयोेग

समाजसेवी पोखरेलद्वारा गरिब तथा जेहन्दार विद्यार्थीलाई सहयोेग

  • आइतवार, बैशाख ७ २०८२

  • 1.8K
    SHARES

  • समाजसेवी पोखरेलद्वारा  गरिब तथा जेहन्दार विद्यार्थीलाई सहयोेग

    काठमाडौं । समाजसेवी सेवक पोखरेलको सक्रियतामा गरिब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्तिअन्तर्गतको सहयोग रकम प्रदान गरिएको छ । उर्जामन्त्रालयका कानुनी विज्ञ एवं अधिवत्तासमेत रहनुभएका पोखरेलले आफ्नो जन्मदिनको अवसर पारेर काठमाण्डौंका विभिन्न विद्यालयमा अध्ययनरत ७ जना विद्यार्थीलाई दुई लाख पचास हजार रुपैया प्रदान गर्नुभएको हो ।

    शनिबार काठमाडौंको बुढानिलकण्ठमा एक कार्यक्रमको आयोजना गरी उक्त रकम हस्ताण्तरण गरिएको हो। आर्थीक अवस्था कमजोर भएका बालबालिकाको पठनपाठनमा सहजता प्रदान गर्ने उदेश्यले उक्त सहयोग प्रदान गरिएको पोखरेलले बताउनुभएको छ। दर्जनौं सामाजिक सेवामा कार्यरत संघसंस्थामा आवद्ध रहनुभएका समाजसेवी पोखरेलले समयसमयमा आफ्नो सामाजिक उत्तरदायीत्व अन्तर्गत रहेर यस्तै सहयोग गर्दै आउनुभएको छ।

    r1.jpg

    r3.jpg


    आइतवार, बैशाख ७ २०८२०२:२४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij