Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

डोटीमा शिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

डोटीमा शिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

  • शुक्रवार, बैशाख ५ २०८२

  • 414
    SHARES

  • डोटीमा शिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु

    काठमाडौं । डोटीमा शिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ । बडीकेदार गाउँपालिका–२ बर्छैनका २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको हो ।

    खड्यौलीस्थित प्रहरीचौकीका प्रमुख विरादत्त पन्तका अनुसार बिहीबार दिउँसो बडीकेदार गाउँपालिका–१ बेडुपाटा खोलाकिनारमा शिकार खेल्न गएका बडीकेदार गाउँपालिका–१ रजेडका कमलसिंह खड्काले बोकेको भरुवा बन्दुक पड्किँदा सार्कीको दायाँ छातीमा गोली लागेको थियो । घटनास्थलमै उनको मृत्यु भएको हो ।

    प्रहरीले बन्दुक बोक्ने खड्का, रजेडका खेम खड्का, तारासिंह खड्का, सोही गाउँपालिका– २ तेजेन्द्र भाट, अम्मर शाह, चक्र भाट, सुनिल बम, गणेश घर्तीमगर, मानबहादुर शाह र गर्भुजाका जुलेश नामजाली मगरलाई पक्राउ गरेको छ ।


    शुक्रवार, बैशाख ५ २०८२०९:५७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij