Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु

  • बुधवार, मंसिर १० २०७७

  • 754
    SHARES

  • लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु

    काठमाडौं । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ ।  हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न सचेतना मुलक कार्यक्रम गरि विश्वभर लैंगिक हिंसाविरुद्धको अभियान मनाउने गरिन्छ ।

    यो वर्ष १६ दिने अभियानलाई कोरोना भाइरसको विश्वव्यापी महामारीसँग जोडिएको छ । महामारीको समयमा विशेष गरि महिलाहरुलाई अत्यावश्यक सेवामा पहुँच नपुगेको तथा हिंसाका घटना बढेको र सुरक्षित स्थानसम्म प्रभावितको पहुँच नपुगेको देखिएकाले अहिले र भविष्यमा आउन सक्ने यस्ता महामारीजन्य अवस्थामा लैंगिक आधारमा हुने हिंसा र फरक व्यवहार अन्त्यका लागि यो वर्षको अभियान केन्द्रित हुने संयुक्त राष्ट्रसंघले जनाएको छ ।

    महिला तथा बालिकाहरुको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रुपमा स्थापित गरी लंैगिक समानता कायम गर्न नेपालमा २०५४ सालदेखि यस अवधिमा लैंगिक हिंसा विरुद्धमा विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउने गरिएको छ ।

    यो वर्ष अन्तर्राष्ट्रिय दिवस तथा १६ दिने अभियान ‘लैंगिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने नाराका साथ मनाईँदै छ ।

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा विशेष कार्यक्रमका बिच प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको औपचारिक सुरुवात गर्ने तयारी छ ।


    बुधवार, मंसिर १० २०७७०८:३९:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij