Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

बर्दिबास घटनामा प्रहरीको गोली लागेका एकजनाको मृत्यु, अर्काको उपचार हुँदै

बर्दिबास घटनामा प्रहरीको गोली लागेका एकजनाको मृत्यु, अर्काको उपचार हुँदै

  • बुधवार, मंसिर १० २०७७

  • 2.0K
    SHARES

  • बर्दिबास घटनामा प्रहरीको गोली लागेका एकजनाको मृत्यु, अर्काको उपचार हुँदै

    काठमाडौं । महोत्तरीको बर्दिबासमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको छ । ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भन्दै गरिएको प्रदर्शनमा प्रहरीको गोली लागेर बर्दिबास-१ बुद्धिराज न्यौपानेको उपचारका क्रममा राति मृत्यु भएको हो ।

    गएको आइतबार बेलुकादेखि बेपत्ता भएकी बर्दिबास नगरपालिका-१४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको शव सोमबार राति घर नजिकै झाडीमा फेला परेपछि बर्दिबासमा आन्दोलन चर्किएको थियो । आफन्त र स्थानीय दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शव सडकमा राखेर प्रदर्शनमा उत्रिएका थिए । भिड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।

    गोली लागेर गम्भीर घाइते भएका न्यौपाने र बर्दिबास(५ का श्याम कार्कीलाई उपचारका लागि मंगलबार दिउँसो ३ बजे हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । ग्रान्डी अस्पतालमा उपचारकै उहाँको मृत्यु भएको हो । उहाँसँगै घाइते अर्का श्याम कार्कीको भने उपचार भइरहेको छ ।

    बालिकाको बलात्कारपछि हत्या भएको आरोप आफन्त र स्थानीयले लगाएका छन् । बालिका हत्याको आरोपमा २५ वर्षीय अरुण कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।


    बुधवार, मंसिर १० २०७७०८:१८:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij