Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जाजरकोटमा भूकम्प

जाजरकोटमा भूकम्प

  • मंगलवार, बैशाख २ २०८२

  • 476
    SHARES

  • जाजरकोटमा भूकम्प

    काठमाडौं । पछिल्ला केही दिन निरन्तर भूकम्प गइरहेको जाजरकोटमा साढे ७ घण्टाको फरकमा दुई भूकम्प गएका छन् ।

    गए सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो त्यसको करिब साढे ७ घण्टापछि बिहान ४ बजेर ५३ मिनेट जाँदा अर्को भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान पनि कुशे गाउँपालिकाको पैंकलाई नै केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण कुनै क्षति भए–नभएकाबारे कुनै विवरण भने प्राप्त भएको छैन ।

    यसअघि गत चैत २१ गते साँझ ८ बजेर ७ मिटेर र ८ बजेर १० मिनेट जाँदा सोही स्थानलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको थियो ।

    पहिलो भूकम्प ५.२ र दोस्रो भूकम्प ५.५ म्याग्निच्युडको थियो । सो भूकम्पका कारण केही घरमा सामान्य क्षति पुगेको थियो ।

    पछिल्लो समय पश्चिम नेपाललाई केन्द्र बनाएर साना–साना भूकम्प गइरहेका छन् । गत चैत २० गते दार्चुलामा ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    गत चैत १२ गते हुम्ला केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

     


    मंगलवार, बैशाख २ २०८२०७:४५:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij