Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

वीरगञ्जमा आज मध्येरातीसम्म कर्फ्यु जारी रहने

वीरगञ्जमा आज मध्येरातीसम्म कर्फ्यु जारी रहने

  • आइतवार, चैत्र ३१ २०८१

  • 446
    SHARES

  • वीरगञ्जमा आज मध्येरातीसम्म कर्फ्यु जारी रहने

    काठमाडौं । पर्साको वीरगञ्जमा स्थानीय प्रशासनले हिजो शनिबार साँझदेखि लगाएको कफ्र्यु आज राति १२ बजेसम्म जारी रहने भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज भएको सर्वपक्षीय बैठकले परिस्थितिको मूल्याङ्कन गर्दै जारी कफ्र्यु आज मध्यरातसम्म कायम राख्न्ने निर्णय गरेको हो ।

    बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, जनप्रतिनिधि र सुरक्षा निकायका प्रतिनिधिको सहभागिता रहेको बैठकले कफ्र्यु नहटाउने निर्णय गरेको प्रशासकीय अधिकृत दीपक पटेलले बताउनुभयो ।

    वीरगञ्जमा आज बिहानदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेकोले निषेधित क्षेत्रमा कुनै प्रकारको विरोध सभा, हुलहुज्जत र भेला नभएकोले सामाजिक सञ्जालमा आएका केही भिडियोको भ्रामक प्रचारमा नलाग्न सम्बन्धित पक्षलाई स्थानीय प्रशासनले सचेत गराएको छ ।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले कफ्र्यु उल्लङ्घन गरेको आरोपमा ४० जनालाई नियन्त्रणमा लिइएको बताउनुभयो । उहाँका अनुसार आइतबार बिहानदेखि १० बजेको अन्तरमा विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।


    आइतवार, चैत्र ३१ २०८११२:२८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij