Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु

  • आइतवार, चैत्र ३१ २०८१

  • 659
    SHARES

  • भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु

    काठमाडौं । भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ ।

    भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका–३ सेतीबगरमा गएराति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेका जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख युवराज तिम्सिनाले जानकारी दिनुभयो ।

    घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


    आइतवार, चैत्र ३१ २०८१०९:३५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij