Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा वर्षा, प्रदुषण कम

काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा वर्षा, प्रदुषण कम

  • बिहिवार, चैत्र २८ २०८१

  • 477
    SHARES

  • काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा वर्षा, प्रदुषण कम

    काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि वर्षा भएको छ ।

    अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली हुने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षासँगै हिमपातको पनि सम्भावना रहेको छ ।

    देशका विभिन्न भू–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना तथा हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    यता काठमाडौं उपत्यकामा पनि आज बिहानैदेखि मेघगर्जनसहित पानी परिरहेको छ । पानी पर्ने क्रम आज र भोलि पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

    केही दिन यता विश्वकै सबैभन्दा बढी वायु प्रदूषित शहरको पहिलो नम्बरमा रहेको काठमाडौंबासीले राहत महसुस गरेका छन् ।

    यसैबीच काठमाण्डौ उपत्यकाको प्रदूषण केही घटे पनि अझै अस्वस्थकर अवस्थामै रहेको छ ।

    हावाको गुणस्तर मापन सूचक एक्यूआई एक सय ५० भन्दा माथि गएमा सबैका लागि अस्वस्थ हुनेमा अहिले काठमाण्डौको एक्यूआई एक सय ९० भन्दा माथि छ ।

    अहिलेको वर्षाले प्रदूषण केही घट्न सक्ने मौसमविदले बताएका छन् । गएको मनसुनपछि नेपालमा राम्ररी वर्षा हुन सकेको छैन ।

     


    बिहिवार, चैत्र २८ २०८१०७:४९:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij