Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विना पुर्जी घरमै थुनिए ‘नवराज’

विना पुर्जी घरमै थुनिए ‘नवराज’

  • शुक्रवार, चैत्र २२ २०८१

  • 386
    SHARES

  • विना पुर्जी घरमै थुनिए ‘नवराज’

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले व्यवस्था विरोधी समूह ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीलाई पुर्जी बिनै घरमा प्रहरी निगरानीमा राखेको पाइएको जनाएको छ ।

    आयोगले आज एक विज्ञप्ति जारी गर्दै सुवेदीलाई विना पुर्जी निजकै घरमा प्रहरी निगरानीमा राखिएको पाइएको जनाएको हो । शुक्रबार आयोगका सदस्य मनोज दुवाडी सम्मिलित टोलीले नजरबन्दमा राखिएको भनिएका सुवेदीलाई भेटेको प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिनुभयो ।

    त्यसैगरी प्रहरी हिरासतमा रहेका विभिन्न व्यक्तिको अवस्था र घटनामा परी घाइते भएकाहरूको उपचारको अवस्थाबारे पनि टोलीले विभिन्न अस्पतालमा पुगी जानकारी लिएको छ ।

    आयोगले चैत १५ मा भएको तीनकुने घटनाका सम्बन्धमा छानबिन-अनुसन्धान कार्य जारी रहेको भन्दै आवश्यक सहयोग पु¥याउन सम्बद्ध सबैलाई आग्रह समेत गरेको छ ।

     


    शुक्रवार, चैत्र २२ २०८१०४:१३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij