Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीको माग सम्बोधन हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीको माग सम्बोधन हुने

  • शुक्रवार, चैत्र २२ २०८१

  • 520
    SHARES

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीको माग सम्बोधन हुने

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन पक्षले तलब नपाएका कर्मचारीको माग सम्बोधन गर्ने भएको छ । कर्मचारीको माग सम्बोधनका लागि नेपाल नागरिक उड्ड्यन प्राधिकरणसँग पहल भइरहेको विमानस्थल व्यवस्थापन पक्षले जनाएको छ ।

    विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार तलब नपाएको भन्दै आन्दोलनमा रहेका सरसफाइ कर्मचारीको समस्या समाधानका लागि पहल सुरु भएको हो । महाप्रबन्धक निरौलाले तलबका लागि प्राधिकरण सञ्चालक समितिमा पत्राचार गरिएको बताउनुभयो ।

    विमानस्थलका सरसफाइ कर्मचारीले गत पुस महिनादेखि तलब नपाएको गुनासो गर्दै आएका छन् । विगत १० दिनदेखि विमानस्थलको आन्तरिक टर्मिनल भवन क्षेत्रबाट फोहोर उठाइएको छैन । यहाँ आउने यात्रुहरूले दुर्गन्धका कारण सास्ती भएको गुनासो गर्ने गरेका छन् । दुर्गन्धका कारण यात्रुले नाक थुन्नुपर्ने अवस्था आएको छ ।


    शुक्रवार, चैत्र २२ २०८१०१:४९:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij