Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कक्षा १२ को परीक्षा आजदेखि, ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा आजदेखि, ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदै

  • मंगलवार, मंसिर ९ २०७७

  • 1.1K
    SHARES

  • कक्षा १२ को परीक्षा आजदेखि, ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदै

    काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि सञ्चालन हुँदै छ। राष्ट्रिय परिक्षा बोर्डका अनुसार अहिले बिहान ८ बजे सुरु हुने परीक्षामा ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदै छन्।

    परीक्षाका लागि देशभर ४ हजार १ सय ५ वटा परीक्षा केन्द्र तोकिएका छन्। परीक्षामा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले ढुक्क भएर सहभागी हुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले परीक्षार्थीलाई आग्रह गर्नुभएको छ ।

    राष्ट्रिय परिक्षा बोर्डले विद्यार्थी धेरै रहेका परीक्षा केन्द्रलाई स्वास्थ्य सुरक्षा पालनामा विशेष ध्यान दिन निर्देशन दिएको छ।

    कोरोना संक्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ। कोरोना संक्रमण पुष्टि भएर पनि परीक्षा दिन सक्ने विद्यार्थीका लागि भने छुट्टै ठाउँको व्यवस्था गरिएको छ।

    सैद्धान्तिकतर्फ कूल पूर्णाङ्कको ४० प्रतिशत मात्रै लिखित परीक्षा लिन लागिएको हो। परीक्षा बोर्डका अनुसार ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा दिइनेछ।

    गत वैशाख ८ गतेदेखि सञ्चालन हुनुपर्ने परीक्षा कोरोना महामारीका कारण रोकिएको थियो। परीक्षा आउने १६ गते सकिनेछ।


    मंगलवार, मंसिर ९ २०७७०६:५६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij