Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सिटी एक्सप्रेसको “१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा” योजनाको उपहार हस्तान्तरण

सिटी एक्सप्रेसको “१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा” योजनाको उपहार हस्तान्तरण

  • बुधवार, चैत्र १३ २०८१

  • 1.0K
    SHARES

  • सिटी एक्सप्रेसको “१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा” योजनाको उपहार हस्तान्तरण

    काठमाडौं। सिटी एक्सप्रेस मनि ट्रान्सफरले “१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा” योजनाको उपहार हस्तान्तरण गरेको छ।कोरियाबाट निराजन ढकालले जि मनि ट्रान्समार्फत सिटी एक्सप्रेसमा आमा निर्मला तिवारीलाई पठाएको रेमिटान्स रकमको १८ गुणा गरी ७ लाख ५४ हजार ३६२ रुपैँया जित्न सफल भएका थिए।

    सोही रकम काठमाडौंको कमलादीस्थित आफ्नै कार्यलयमा आयोजीत एक कार्यक्रममा ढकालकी आमा निर्मला तिवारीलाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा नेपाली चर्चीत हास्य कलाकार साथै सिटी एक्सप्रेस मनि ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिती रहेको थियो ।

    सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना २ जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टि भी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई जनही रु ५०० को सिटी पे वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो ।

    जसअन्तर्गत १६२० जनाले दैनिक उपहार (रु ५०० को वालेट टप् अप), २४ जनाले साप्ताहिक उपहार (सामसुङको स्मार्ट टि भी ) र ६ जनाले मासिक उपहार (सामसुङको स्मार्ट फोन) जित्न सफल भईसकेका छन् ।सोही कार्यक्रममा सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ ।

    हरेक बर्ष नयाँ नयाँ बिषय वस्तुलाई समावेश गरेर क्यालेन्डर प्रकाशन गर्ने सिटी एक्सप्रेसले यस बर्ष भने आर्थिक सम्बृद्धीको बिषय वस्तुमा क्यालेन्डर तयार पारेको छ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १८ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

    हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुतmानी पनि गर्न सकिन्छ ।


    बुधवार, चैत्र १३ २०८१०२:३४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij