Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे चयन

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे चयन

  • मंगलवार, चैत्र १२ २०८१

  • 486
    SHARES

  • प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे चयन

    काठमाडौं । प्रेस चौतारी नेपालको १०औँ राष्ट्रिय अधिवेशनले अध्यक्ष पदमा गणेश पाण्डेसहित ९९ सदस्यीय कार्य समिति चयन गरेको छ ।

    चुनावबाट नेतृत्व चयन हुनुपर्ने राजेश राईको माग पूरा नभएपछि उहाँले दाबेदारी फिर्ता लिएसँगै पाण्डेको नाम महाधिवेशन हलमा सर्वसम्मत घोषणा गरिएको हो ।

    यस्तै उपाध्यक्षमा चेतन अधिकारी र महिला उपाध्यक्षमा कृपा भण्डारी, महासचिवमा हीरामान लामा, उपमहासचिवमा हरिवल्लभ नेपाल, सचिवमा विक्रम लुइँटेल, प्रदीप आचार्य, नरेश भण्डारी र विष्णु तारुके निर्विरोध निर्वाचित हुनुभएको छ ।

    अधिवेशनले लेखा आयोग, अनुशासन आयोग, नीति तथा प्रशिक्षण आयोग र निर्वाचन आयोगका संयोजक पनि निर्विरोध निर्वाचित गरेको छ ।


    मंगलवार, चैत्र १२ २०८१०८:५१:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij