काठमाडौं । ग्लोबल मनी वीक २०२५ साताव्यापी कार्यक्रममा लुम्बिनी विकास बैंकले विधार्थीहरुलाई बैंकिङका बिभिन्न पक्षहरुका बारेमा जानकारी गराएको छ । ग्लोबल मनी वीक २०२५ अन्र्तगत रहेर बैंकले आफ्ना विभिन्न शाखाहरुबाट वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको थियो । सोही कार्यक्रम अन्र्तगत एक हजारबढी विद्यार्थीहरुलाई वित्तीय साक्षरताका बारेमा जानकारी गराइएको लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले बताउनुभयो ।
सन् २०१२ देखि बैंकले ओइसीडीको संयोजनमा ग्लोबल मनी विक मनाउँदै आएको छ । तेह्रौं संस्करण ग्लोबल मनी विक यही चैत्र ४ देखि १० गतेसम्म आयोजना भएको थियो ।
बैंकका कर्मचारीहरुले ‘थिङ्क्स बिफोर यु फ्लो, वीस मनी टुमारो’ भन्ने नाराका साथ नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालयहरु तथा स्थानीयस्तरमा बैंक तथा वित्तीय संस्थाले संयुक्त रुपमा आयोजना गरेका वित्तीय सचेतनामुलक प्रभातफेरी कार्यक्रमहरुमा समेत सहभागिता जनाएका थिए ।
सबै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकले देशका विभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) संञ्चालन गर्दै आइरहेको छ । ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ लुम्बिनी विकास बैंकले नागरिकहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।