काठमाडौं। दाङमा एक प्लाई उद्योगमा भिषण आगलागी हुँदा करोडौंको क्षति भएको छ। घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा विद्युत् सर्ट भएर सुरु भएको आगलागीले करोडौँको क्षतिसँगै आसपासका ३० घर उच्च जोखिममा परेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आठ बिघा क्षेत्रफलमा रहेको सो उद्योगमा आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा परेपछी घरका सामान बाहिर निकाल्ने काम भइरहेको छ भने त्यहाँ बस्दै आएका नागरिकलाई सुरक्षित स्थानमा लगिएको छ।
आगलागीबाट प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउने मेसिनलगायत सामग्री जलेर नष्ट भएको छ। उद्योगमा गएराति २ बजेदेखि लागेको आगो अझै निभाउन सकिएको छैन।