Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एक महिनामा आगलागीबाट ६ जनाको मृ*त्यु

एक महिनामा आगलागीबाट ६ जनाको मृ*त्यु

  • शुक्रवार, चैत्र ८ २०८१

  • 413
    SHARES

  • एक महिनामा आगलागीबाट ६ जनाको मृ*त्यु

    काठमाडौं । गएको एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष, चार महिला र एक बालक रहेका छन् । ती आगलागीका घटनमा ३० पुरुष, २६ महिला, ६ बालक र तीन बालिका घाइते भएका छन् ।

    एक महिनामा देशभर ५०१ आगलागीका घटना भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । आगलागीबाट ८७ घर र ५७ गोठमा क्षति भएको छ, भने १४६ पशुचौपाय मरेका छन् ।

    घटनापछि ३८ परिवार विस्थापित भएका छन् । आगलागीबाट ४० करोड ४८ लाख बराबरको क्षति भएको छ । विभिन्न स्थानमा लागेको आगलागी नियन्त्रणका लागि तीन हजार ६१४ प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

    सबैभन्दा बढी कोशी प्रदेशमा १३५ आगलागीका घट्ना भएका थिए । मधेस प्रदेशमा १०५, बाग्मती प्रदेशमा ४४, काठमाडौँ उपत्यकामा ४९, गण्डकी प्रदेशमा ३३, लुम्बिनीमा ६४, कर्णालीमा ३० र सुदूरपश्चिम प्रदेशमा ४१ आगलागीका घटना घटेका प्रवक्ता आचार्यले जानकारी दिनुभयो ।


    शुक्रवार, चैत्र ८ २०८१०४:५५:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij