Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पुस मसान्तसम्ममा दुई खर्व भन्दा बढी लगानी

पुस मसान्तसम्ममा दुई खर्व भन्दा बढी लगानी

  • सोमवार, चैत्र ४ २०८१

  • 453
    SHARES

  • पुस मसान्तसम्ममा दुई खर्व भन्दा बढी लगानी

    काठमाडौं । नागरिक लगानी कोषले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई खर्व भन्दा बढी लगानी गरेको छ । कोषको ३५औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा कोषका अध्यक्ष प्राडा सूर्यबहादुर थापाले चालू आर्थिक वर्षको पुस मसान्तसम्म कोषले सञ्चालन गरेको आयोजनाहरूमा २ खर्व ६४ अर्ब ७८ करोड लगानी गरेको जानकारी दिनुभयो ।

    सोही अवधिमा दुई खर्ब ७३ अर्ब ७२ करोड वित्तीय स्रोत सङ्कलन गर्न कोष सफल भएको उहाँले बताउनुभयो । आगामी दिनमा मुलुकको आर्थिक वृद्धिदरमा टेवा पुराउनका साथै रोजगारी सिर्जना गर्न कृषि, पूर्वाधार, उत्पादनमूलक क्षेत्र, उद्योग, पर्यटनलगायत क्षेत्रमा पनि लगानी गर्नुपर्ने आवश्यकता महसुस भएको उहाँको भनाई छ ।

    कोषको लगानीलाई उचित व्यवस्थापनका लागि सबै निकायसँग सहकार्य गर्दै अघि बढ्ने उहाँको भनाइ छ ।

    यस्तै अर्थ सचिव घनश्याम उपाध्यायले कोषलाई सेवाप्रतिको जबाफदेहिता, पारदर्शिताका साथै सेवा सुधार गर्दै जानुपर्ने धारणा राख्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोषको लगानी रोजगारी सृजना गर्ने र पूर्वाधार बढाउने कुराहरूमा केन्द्रित गर्नुपर्ने धारणा राख्नुभयो ।

    विक्रम सम्वत २०४७ मा स्थापना भएको नागरिक लगानी कोषको करोडको चुक्ता पुँजी अहिले ६ अर्ब ४८ पुगेको छ । कार्यक्रमका विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो ।


    सोमवार, चैत्र ४ २०८१०४:२३:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij