Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

२१.६३ अंकले घट्यो शेयर बजार

२१.६३ अंकले घट्यो शेयर बजार

  • आइतवार, चैत्र ३ २०८१

  • 669
    SHARES

  • २१.६३ अंकले घट्यो शेयर बजार

    काठमाडौं । सेयर बजार परसिूचक (नेप्से) आज २१.६३ अंकले घटेको छ । साताको पहिलो दिन आइतबार बजार परिसूचक घटेर २७१४.८५ विन्दुमा ओर्लिएको हो । आज बजारमा ६ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन ७ अर्ब २१ करोड रुपैयाँको कारोबार भएको थियो ।

    आज बजारमा ३१ कम्पनीको मूल्य बढेको छ । २०७ कम्पनीको मूल्य घटेको छ भने बाँकी ६ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा सामुदायिक लघुवित्तको शेयर ८ प्रतिशत भन्दा धेरैले बढेको छ । त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंक र पिपुल्स हाइड्रोपावर सेयर मूल्य सबैभन्दा धेरैले घटेको छ ।

    बजारमा आज अन्य ट्रेडिङ परिसूचकमा उच्च सुधार हुँदा अरू सबै समूहको सूचक घटेको छ । विकास बैंक समूहमा सबैभन्दा धेरै २.२५ प्रतिशतको गिरावट देखिएको छ ।

    कारोबार रकम, कारोबार भएको शेयर संख्या र कारोबार संख्याका आधारमा क्रमशः हिमालय रिइन्स्योरेन्स कम्पनी, घलेम्दी हाइड्रो र गार्डियन लाइफ इन्स्योरेन्स अगाडि रहेका छन् । हिमालयन रिइन्स्योरेन्सको शेयर आज ५८ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।


    आइतवार, चैत्र ३ २०८१०५:२९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij