Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

वुमेन्स कप टि ट्वान्टीमा नेपालको सान्त्वना जित

वुमेन्स कप टि ट्वान्टीमा नेपालको सान्त्वना जित

  • शुक्रवार, चैत्र १ २०८१

  • 478
    SHARES

  • वुमेन्स कप टि ट्वान्टीमा नेपालको सान्त्वना जित

    काठमाडौं । युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङले दिएको १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

    नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ रन जोडिन् । सम्झनाले ४३ बलको सामना गर्दै ३ चौका प्रहार गरिन् । अर्की ओपनर तथा कप्तान इन्दु बर्माले ३२ बलमा १ चौकाको सहयोगमा १८ रन जोडिन् । रोमा थापा ४ रनमा आउट हँदा पुजा महतो २० रनमा नट आउट रहिन् । हङकङका लागि इमा लाइ र महेनदिप कौरले समान १ विकेट लिए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनको योगफल तयार गरेको थियो । सिरिजको लिग चरणको खेल समाप्त गर्दा नेपालले ६ मध्ये २ खेल जितेको छ । अब नेपालले आइतवार तेस्रो स्थानका लागि हुने प्लेअफ खेल्नेछ ।


    शुक्रवार, चैत्र १ २०८१०४:२१:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij