Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री कपमा पुलिस, आर्मी र सुदुरपश्चिम प्रदेश विजयी

प्रधानमन्त्री कपमा पुलिस, आर्मी र सुदुरपश्चिम प्रदेश विजयी

  • सोमवार, फाल्गुण २६ २०८१

  • 495
    SHARES

  • काठमाडौं । प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई आज आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो।

    भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जवाफी ब्याटिङ गरेको बागमतीे २७ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १ सय २८ रनमा नै समेटियो।

    जितमा आर्मीले २ अंक जोड्यो भने, बागमती हिजो भएको पहिलो खेलमा एपिएफसँग १ सय रनले हारेको थियो।

    यस्तै प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगिताको अर्काे खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ८७ रनले पराजित गरेको छ । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। यसअघी एक्स्ट्रा टेक ओभल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबले ५० ओभरमा ६ विकेट गुमाउँदै २४९ रन बनाएको थियो ।

    पहिलो खेलमा जित सहित पुलिसले २ अंक बनाएको छ। दोस्रो खेल खेलेको लुम्बिनीको यो पहिलो हार हो। हिजो लुम्बीनीले पहिलो खेलमा कोशी प्रदेशलाई हराएको थियो।

    यस्तै किरण ठगुन्नाको शतकीय पारीको मद्दतमा सुदूरपश्चिम प्रदेशले जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई पराजित गरेको छ । सुदूरपश्चिमले गण्डकीलाई ६ विकेटले हराएको हो । यसअघि सुदूरपश्चिम पहिलो खेलमा कर्णाली प्रदेशसँग पराजित भएको थियो ।

    दाङको लमही क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा २२० रन बनायो । दुई सय २१ रनको विजयी लक्ष्य सुदूरपश्चिमले ४३ ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । राउन्ड रोबिनका आधारमा खेलाइने प्रतियोगितामा अंकका आधारमा शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

     


    सोमवार, फाल्गुण २६ २०८१०५:४३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij