Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

साताको दोस्रो कारोबार दिन आज पनि शेयर बजार ऋणात्मक

साताको दोस्रो कारोबार दिन आज पनि शेयर बजार ऋणात्मक

  • सोमवार, फाल्गुण २६ २०८१

  • 547
    SHARES

  • साताको दोस्रो कारोबार दिन आज पनि शेयर बजार ऋणात्मक

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि शेयर बजारमा पहिरो गएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.६८ अंकले घटेर २७५१.४२ विन्दुमा पुगेको छ । नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार रुपैयाँ बाराबरको १ करोड ५० लाख ९४ हजार ९१५ कित्ता शेयर मात्र कारोबार भएको छ ।

    सोमबार ४४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ । सोमबार दिनभरमा ३११ वटा कम्पनीको शेयर ८७ हजार १५६ पटक किनबेच भएको छ ।

    १३ वटा समूहमध्ये अन्य समूहबाहेक सबै समूह राताम्य भएका छन् । आज अन्य समूह भने ०.०८ प्रतिशतले बढको छ । सबैभन्दा बढी म्युचुअल फण्ड समूह ३.०६ प्रतिशतले घटेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.४४ प्रतिशतले घटेको छ ।


    सोमवार, फाल्गुण २६ २०८१०३:३५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij