Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आजको मौसमः कतै हिमपात र वर्षाको सम्भावना, नयाँ मौसमी प्रणाली पनि भित्रिँदै

आजको मौसमः कतै हिमपात र वर्षाको सम्भावना, नयाँ मौसमी प्रणाली पनि भित्रिँदै

  • आइतवार, फाल्गुण २५ २०८१

  • 714
    SHARES

  • आजको मौसमः कतै हिमपात र वर्षाको सम्भावना, नयाँ मौसमी प्रणाली पनि भित्रिँदै

    काठमाडौं । आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

    विभागका अनुसार, कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

    बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति कोसी र वाग्मती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    भोलि वर्षा र हिमपात गराउने नयाँ प्रणाली भित्रिने मौसमविद्हरूले अनुमान गरेका छन् । देशको पश्चिमी भेगबाट भित्रिने प्रणालीले सुदूरपश्चिम, कर्णाली हुँदै पूर्वी भू–भागसम्म बदली गराउने सम्भावना छ ।

    यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।


    आइतवार, फाल्गुण २५ २०८१०६:२८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij