काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८१-८२ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल रु.२ हजार ८ सय रुपैयाँ ६९ पैसा न्युनतम समर्थन मूल्य तोकेको छ ।
गत फागुन २१ गतेको मन्त्रीपरिषद्को बैठकले १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रति क्विन्टल १ हजार २ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्युनतम समर्थन मूल्य कायम गर्ने निर्णय गरेको छ ।
सरकारले यही चैत्र ५ र ६ गते जर्मनीको बर्लिनमा आयोजना हुने ११ औं एडिशन अफ द बर्लिन इनर्जी ट्रान्सस्टेशन डायलगमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्कालाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ ।