Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

फिफा वरीयतामा नेपालको चार स्थान सुधार

फिफा वरीयतामा नेपालको चार स्थान सुधार

  • शुक्रवार, फाल्गुण २३ २०८१

  • 505
    SHARES

  • फिफा वरीयतामा नेपालको चार स्थान सुधार

    काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाली राष्ट्रिय महिला टिमले चार स्थान सुधार गरेको छ । फिफाले आज अद्यावधिक गरेको नयाँ वरीयतामा नेपाली टिम चार स्थान सुधार गर्दै ९९औँ स्थानमा उक्लिएको हो। नेपाली टिम यसअघि वरीयताको १०३औँ स्थानमा थियो ।

    नेपाली महिला टिमले हालैमात्र घरेलु मैदानमा सम्पन्न चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गरेको थियो। प्रतियोगिताको फाइनलसम्म पुग्दा नेपाली टिमले लेबनान र किर्गिस्तानविरुद्ध समान १–० को जित निकालेको थियो । फिफा फेब्रुअरी विन्डोको यही प्रदर्शनका कारण नेपाली टिम चार स्थान माथि उक्लिएको हो ।

    वरीयताको दक्षिण एसियामा भने नेपाल दोस्रो स्थानमा छ । दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत वरीयताको ६९औँ स्थानमा यथावत् छ । यस्तै, तेस्रो स्थानको बंगलादेश १३३औँ स्थानमा छ । चौथोमा रहेको पाकिस्तान १५७औँ, पाँचौँ स्थानको श्रीलंका १५८औँ, छैटौँ स्थानको माल्दिभ्स १६३औँ र सातौँ स्थानको भुटान १७१औँ वरीयता क्रममा छन् । वरीयताको शीर्ष स्थानमा भने अमेरिका यथावत् छ ।


    शुक्रवार, फाल्गुण २३ २०८१०६:५८:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij