काठमाडौं । आज पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करेक्सन आएको छ । सोमबार नेप्सेमा १३ अंकको करेक्सन आएकोमा आज भने ३०.३६ अंकको करेक्सन आएको हो।
नेप्सेमा १.०५ प्रतिशतको करेक्सन आएर परिसूचक २८४६.३० विन्दुमा झरेको छ । नेप्सेमा करेक्सन आउँदा कारोबारमा पनि गिरावट आएको छ । आज १२ अर्ब ९४ करोड ६४ लाख ९४ हजार रुपैयाँ बराबरको २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता शेयर कारोबार भएको छ ।
४१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ वटा कम्पनीको शेयर मूल्यमा करेक्सन आएको छ । ५ वटा कम्पनीको शेयर मूल्यले स्थिर रहेको छ ।
बजार अवधिभर ३१८ वटा कम्पनी कारोबारमा आउँदा १ लाख २२ हजार ३३६ पटक शेयर किनबेच भएको छ । आज १३ वटा समूहमध्ये सबै समूह रातामय भएको छ । आज सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह २.२१ प्रतिशतले घटेर ७ हजार ६६९.३५ विन्दुमा पुगेको छ ।