Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कञ्चनपुरमा सवारी दुर्घटना : आमाको मृत्यु, बाबु–छोरी घाइते

कञ्चनपुरमा सवारी दुर्घटना : आमाको मृत्यु, बाबु–छोरी घाइते

  • आइतवार, मंसिर ७ २०७७

  • 985
    SHARES

  • कञ्चनपुरमा सवारी दुर्घटना : आमाको मृत्यु, बाबु–छोरी घाइते

    कञ्चनपुर । गएराति कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु भएको छ ।

    कृष्णपुर –३ वाणी देखतभुली मार्गमा से १ त ९५३३ नम्बरको ट्याक्टरले म १ प ६७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय रामेश्वरी जोशीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    दुर्घटनामा मोटरसाइकल चालक डम्बरदेव जोशीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । उनी मृतक रामेश्वरीका श्रीमान् हुन् ।

    त्यस्तै, मोटरसाइकलमै सवार जोशी दम्पतिकी छोरी १५ वर्षीया ममतालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।


    आइतवार, मंसिर ७ २०७७०७:४६:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij