Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

७५ अंकले बढ्यो शेयर बजार

७५ अंकले बढ्यो शेयर बजार

  • आइतवार, फाल्गुण १८ २०८१

  • 500
    SHARES

  • ७५ अंकले बढ्यो शेयर बजार

    काठमाडौं । सेयर बजार एकैदिन ७५ अंक बढेको छ । साताको पहिलो दिन आज आइतबार बजार परिसूचक ७५.२४ अंकले बढेर २८९०.२८ विन्दुमा पुगेको हो । आज बजारमा १४ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । बजारमा आज १९६ कम्पनीको मूल्य बढेको छ । ४४ कम्पनीको मूल्य घट्दा ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    बजारमा आज म्युचुअल फण्डबाहेक सबै समूहको सूचक बढेको छ । उत्पादनमूलक उद्योगमा सर्वाधिक ४.७९ प्रतिशत, जीवन बीमामा ४.३१ प्रतिशत, फाइनान्समा ४.२८ प्रतिशत, होटल तथा पर्यटनमा ४.१४ प्रतिशत मूल्य बढेको छ ।

    आज हिमालयन डिस्टिलरी, गार्डियन माइक्रो लाइफ, नेपाल लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक र दोर्दीखोला जलविद्युतको शेयरमा सकारात्क सर्किट लागेको छ, भने समाज लघुवित्तमा भने नकारात्मक सर्किट लागेको छ ।

    आज बजार बढ्नुमा राष्ट्र बैंकले लिएको खुकुलो मौद्रिक नीतिको प्रभाव, नेपाल राष्ट्र बैंकमा हुँदै गरेको नेतृत्व परिवर्तन तथा अर्थतन्त्रमा सुधार हुँदै गएको अवस्थालाई प्रमुख कारण मानिएको छ ।

     


    आइतवार, फाल्गुण १८ २०८१०४:१०:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij