Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात

ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात

  • सोमवार, फाल्गुण १२ २०८१

  • 405
    SHARES

  • ढोरपाटनमा यो वर्ष पहिलोपटक हिमपात

    बागलुङ । ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै हिमपात भएको हो ।

    हिमपातका कारण यसक्षेत्रमा चिसो बढेको छ । हिमपात भएपछि बालीनाली फस्टाउने आशामा किसान हर्षित भएका छन् ।

    हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन सिकार आरक्षका रेन्जर विनोद विकले जानकारी दिए ।

    हिमपातका कारण जनजीवन कष्टकर भएको छ । गत शुक्रबारदेखि मौसममा खराबी आए पनि आइतबार साँझ मात्रै वर्षासहित हिमपात भएको विकले बताए ।

    हिमपातले गर्दा घोडा खच्चड तथा वस्तुभाउलाई घाँस दान हाल्नसमेत गाह्रो भएको ढोरपाटन नगरपालिका–९ ढोरपाटनका प्रेमबहादुर घर्ती मगरले बताए ।

    गत महिना सामान्य वर्षा भए पनि हिमपात हुन सकेको थिएन । वर्षासहितको हिमपातले बालीनाली राम्रो हुने घर्ती बताउँछन् ।

    उनले भने, ‘लामो समय खडेरी प-यो, खडेरीका कारण बारीमा लगाएको बालीनाली सबै सुक्न थालेका थिए, ढिलै भए पनि पानी प-यो ।’


    सोमवार, फाल्गुण १२ २०८१०८:४५:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij