काठमाडौं । भारतमा लागेका महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ, भने सातजना घाइते भएका छन् ।
नम्बर खुल्न नसकेको स्कार्पियो गएराति भारतको यूपी राज्यअन्तर्गत गोरखपुर लिंक रोडमा दुर्घटना भएको हो । ट्रयाक्टरको ट्रलीमा स्कारर्पियो ठोक्किएर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी सप्तरीको कंचनरूप नगरपालिका ७ की लिलावती चौधरी र परसुराम चौधरी र वडा नम्बर ५ की हरिहर देवीको मृत्यु भएको छ । मृतक एकजनाको नाम खुल्न नसकेपनि उनी सप्तरीकै रहेको बुझिएको छ ।
सोही गाडीमा सवार उपेन्द्र यादव, लालू देवी, जीतू यादव र मुकेया यादवसहित ७ जना घाइते भएका छन् । अहिले उनीहरुको भारतका अस्पतालमा उपचार भइरहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।