Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सामान्य अंकले बढ्यो शेयर बजार

सामान्य अंकले बढ्यो शेयर बजार

  • बिहिवार, फाल्गुण ८ २०८१

  • 495
    SHARES

  • सामान्य अंकले बढ्यो शेयर बजार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ३.१४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २,७४३ अंकमा कायम भएको छ । बजारमा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ४३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६२ करोडको कारोबार भयो ।

    ८१ कम्पनीको मूल्य बढ्दा १५८ को घट्यो भने ५ को स्थिर रह्यो । यस दिन जीवन बीमामा आकर्षण देखिएको छ । सो सेक्टर २.४२ प्रतिशत बढ्यो । निर्जीवन बीमा ०.६४, अन्य ०.५७ प्रतिशत बढे । घटेका सेक्टरको गिरावट दर १ प्रतिशतभन्दा न्यून रह्यो । बैंकिङ ०.५५, विकास बैंक ०.५२, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.३१, हाइड्रोपावर ०.७५, लगानी ०.३७, उत्पादन ०.८१, माइक्रोफाइनान्स ०.३० प्रतिशत घटेको छ। गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो ।


    बिहिवार, फाल्गुण ८ २०८१०५:४०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij