काठमाडौं । छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगे यस वर्षकाे छठ पर्व सकियो छ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खराना, तेस्रो दिन अस्ताउँदो र चौथों दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै विविध रूपमा यो पर्व सम्पन्न हुन्छ ।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले छठ पर्वमा सूर्यको पुजा आराधना गर्ने गरिन्छ । छठलाई सूर्य षष्ठी, स्कन्ध षष्ठी र छठीमइया भनेर पूजा पनि भनिन्छ ।
यस बर्ष कोरोना कहरकाबीच पनि छठ पर्वको उत्साह र उमंग तराईमा पर्याप्त देखिएको थियो । छठ पर्वको अवसरमा प्रदेश दुई सरकारले हिजो शुक्रबार सार्वजनिक विदा समेत दिएको थियो ।