Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

इप्पानद्वारा नेपाली कांग्रेस संसदीय दलको ध्यानाकर्षण

इप्पानद्वारा नेपाली कांग्रेस संसदीय दलको ध्यानाकर्षण

  • सोमवार, फाल्गुण ५ २०८१

  • 458
    SHARES

  • इप्पानद्वारा नेपाली कांग्रेस संसदीय दलको ध्यानाकर्षण

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सार्वजनिक लेखा समितिको निर्देशनविरुद्ध नेपाली कांग्रेस संसदीय दलको ध्यानाकर्षण गराएको छ । लेखा समितिले नेपाल धितो पत्र बोर्डलाई कम्पनीको नेटवर्थ ९० रुपैयाँ भन्दा कम भएको कम्पनीलाई सर्वसाधारणको लागि साधारण शेयर (आइपीओ) जारी नगर्ने निर्देशन दिएको थियो ।

    सोही निर्णय गलत भएको र १८ महिनादेखि आईपीओ रोकिएको भन्दै कांग्रैस संसदीय दलको ध्यानाकर्षण गराएको हो ।

    इप्पानले आज नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई भेट्दै आईपीओ तथा हकप्रद शेयरको सार्वजनिक निष्कासन रोकिएको विषयमा लेखा समितिका सदस्यसमेत रहेका घिमिरेको ध्यानाकर्षण गराएको हो ।

    इप्पानका अध्यक्ष गणेश कार्कीले लेखा समितिले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर सेबोनलाई निर्देशन दिँदा ४२ कम्पनीको आईपीओ र ३० भन्दा बढी कम्पनीको हकप्रद शेयर गरी ५० अर्ब रुपैयाँभन्दा बढीको सार्वजनिक निष्कासन रोकिएको बताउनुभयो ।


    सोमवार, फाल्गुण ५ २०८१०५:२८:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij