Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्री पौडेल डिस्चार्ज

अर्थमन्त्री पौडेल डिस्चार्ज

  • सोमवार, फाल्गुण ५ २०८१

  • 562
    SHARES

  • अर्थमन्त्री पौडेल डिस्चार्ज

    काठमाडौं । पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुरस्थित बर्न अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।स्वास्थ्यमा क्रमिक सुधार आएसँगै उहाँ आज अस्पतालबाट घर फर्किनु भएको हो ।

    अस्पतालका निर्देशक डा. किशोर नकर्मीले स्वास्थ्यमा सुधार आएपछि र फोक्सोमा असर परेको नदेखिएपछि डिस्चार्ज गरिएको बताउनुभयो । ‘दुबै जनाको जलनको घाउ निको गएको र फोक्सोमा कुनै खराब असर परेको देखिँदैन । यस कारण आजै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय भएको छ।’ अस्पताले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

    त्यस्तै पोखरा महानगरपालिकाका मेयर आचार्यलाई भने थप केही दिन अस्पतालमा नै राखिने भएको छ । मेयर धनराज आचार्यलाई पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकोले केहि दिन थप उपचार हुने अस्पताले जनाएको छ ।

    पोखरा भ्रमण वर्षको उद्घाटनमा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा बेलुन पड्किएको थियो। बेलुनमा लागेको आगोको ज्वालाले अर्थमन्त्री पौडेल र पोखरा महानगर प्रमुख आचार्य घाइते हुनुभएको थियो । त्यसपछि दुवै जनालाई फिस्टेल अस्पताल पोखरामा सामान्य उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो ।

     


    सोमवार, फाल्गुण ५ २०८१०१:३५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij