Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्री पौडेल र मेयर आचार्यको सघन कक्षमा उपचार हुँदै

अर्थमन्त्री पौडेल र मेयर आचार्यको सघन कक्षमा उपचार हुँदै

  • शनिवार, फाल्गुण ३ २०८१

  • 603
    SHARES

  • अर्थमन्त्री पौडेल र मेयर आचार्यको सघन कक्षमा उपचार हुँदै

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना हुनुभएको छ ।

    पोखरा भ्रमण वर्षको उद्घाटन कार्यक्रममा बेलुन उडाउने क्रममा बेलुन पड्किदा अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिका मेयर आचार्य घाइते हुनुभएको थियो । चिकित्सकको सल्लाहनुसार घाइते दुवै जनालाई काठमाडौं ल्याइएको थियो ।

    दुवै जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ । अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीका अनुसार प्रारम्भिक मूल्याङ्गन अनुसार दुवैको ५–६ प्रतिशत शरीर जलेको छ । तर अनुहारमा जलन भएकोले स्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाई छ ।

    दुई जनाको उपचारमा संलग्न टोलीमा प्रा डा विडी झा, डा प्रविण गिरी लगायतका सघन उपचार कक्षको टोली रहेका छन् । त्यस्तै प्रा. डा. शंकर मान राई, डा विशाल कार्की, डा. मनिष यादव लगायतको जलन विशेषज्ञहरुको टोली र डा. प्रयुस अर्याल लगायतका आकस्मिक उपचार टोली छन् । रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतको नर्सिङ्ग टोली पनि दुई जनाको उपचारमा संलग्न रहेका छन् ।


    शनिवार, फाल्गुण ३ २०८१०६:४०:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij