Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आजको मौसमः कतै बदली त कतै हिमपातको सम्भावना

आजको मौसमः कतै बदली त कतै हिमपातको सम्भावना

  • शनिवार, फाल्गुण ३ २०८१

  • 695
    SHARES

  • आजको मौसमः कतै बदली त कतै हिमपातको सम्भावना

    काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

    जसको प्रभावले आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहे पनि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    आज तराईका केही भू–भागहरूमा हुस्सु÷कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट पर्न सक्ने असरबाट सुरक्षित रहन आवश्यक पर्ने उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

     


    शनिवार, फाल्गुण ३ २०८१०७:००:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij