Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आज फेब्रुअरी १४ तारिख, प्रणय दिवस मनाइँदै

आज फेब्रुअरी १४ तारिख, प्रणय दिवस मनाइँदै

  • शुक्रवार, फाल्गुण २ २०८१

  • 349
    SHARES

  • आज फेब्रुअरी १४ तारिख, प्रणय दिवस मनाइँदै

    काठमाडौं । आज फेब्रुअरी १४ तारिख । भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । युवापुस्ताले १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् ।

    पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई पछिल्ला केही वर्ष यता नेपालमा पनि उत्साहपूर्वक मनाउने गरिएको छ ।
    आधुनिक प्रविधिको पहुँच बढेसँगै अहिले सहरबजारमा मात्रै नभएर गाउँघरमा पनि यो दिवसको चर्चा हुन थालेको छ ।

    आजको दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ र विभिन्न उपहार दिने चलन छ । भ्यालेन्टाइन डे को शुरुवात सन् २६९ मा इटालीको रोमनबाट शुरु भएको मानिन्छ ।

    सम्राट क्लाउडिअसले एक जोडीलाई विवाहमा प्रतिबन्ध लगाए पछि यसविरुद्ध उभिएका पादरी भ्यालेन्टाइनको बलिदानको सम्मानमा प्रणय दिवस मनाउने गरिएको हो ।

    आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी सन् २६९ को फेब्रुअरी १४ तारिखमा मृत्युदण्डको सजाय दिएका थिए ।

    प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा भ्यालेन्टाइन डे का रूपमा मनाउन थालिएको हो ।


    शुक्रवार, फाल्गुण २ २०८११०:१९:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij