Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाली रेडियो नेटवर्कद्वारा नेपालमै पहिलोपटक एआई नीति जारी

नेपाली रेडियो नेटवर्कद्वारा नेपालमै पहिलोपटक एआई नीति जारी

  • बिहिवार, फाल्गुण १ २०८१

  • 888
    SHARES

  • नेपाली रेडियो नेटवर्कद्वारा नेपालमै पहिलोपटक एआई नीति जारी

    काठमाडौं। ‘नेपाली रेडियो नेटवर्क‘ ले ‘कृत्रिम बुद्धिमता (आर्टिफिसियल इन्टेलिजेन्स(एआई)‘ नीति जारी गरेको छ। ‘विश्व रेडियो दिवस‘को अवसरमा आज (बिहिबार) एक कार्यक्रमको आयोजनाबिच उक्त नीति जारी गरिएको हो । एआईको सही, जिम्मेवार र विश्वसनीय प्रयोग गरी रेडियो सामग्री उत्पादनदेखि प्रसारणसम्मका कार्य गर्ने उद्देश्यले आज नेपालमै पहिलोपटक एआइ नीति जारी गरेको रेडियोले जनाएको छ।

    उक्त कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपालमा अन्य मिडियाहरूले एआई नीति जारी गरेको आफूलाई जानकारी नभएको उल्लेख गर्नुभयो । नेपाली रेडियो नेटवर्कले एआई नीति जारी गरि सिंगो देशलाई नै एआईप्रति थप जिम्मेवार र जवाफदेही बन्न प्रेरित गरेको उहाँको भनाइ थियो । अध्यक्ष बस्नेतले एआई नीति सफल कार्यान्वायनको लागी आवश्यक सहजीकरण गर्ने र नेपालमा रहेका अन्य एआई प्रयोगकर्ताहरुलाई पनि यसतर्फ प्रेरित गर्ने प्रतिवद्धता जनाउनुभयो ।

    कार्यक्रममा ‘नेपाली रेडियो नेटवर्क‘का अध्यक्ष ऋषी धमलाले नीति पूर्ण रुपमा कार्यान्वायन गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले नेपाली रेडियो नेटवर्क विश्वमा विकसित सुचना प्रविधीहरुको उचित सदुपयोग गरि आम श्रोताहरुमा विश्वसनिय समाचार सम्प्रेषणमा अग्रसर रहेको बताउनुभयो । उहाँले एआई जस्ता प्रविधीको प्रयोगले रेडियोहरूलाई थप प्रभावकारी बनाउने आशा व्यक्त गर्नुभयो।

    नेपाली रेडियो नेटवर्कका समाचार निर्देशक जीवन भण्डारीले विश्वभर बढ्दो सुचना प्रविधीको विकास र आयामलाई भरपुर सदुपयोग गर्नुपर्ने भएकाले एआइ नीति जारी गरिएको जानकारी दिनुभयो। उहाँले रेडियो सामग्री संकलन, लेखन, निर्माण, सम्पादन र प्रकाशन वा प्रसारणमा एआइको उचित र जिम्मेवार तरिकाले प्रयोग गर्ने बताउनुभयो।

    एआइ नीतिमा एआइको प्रयोग गर्दा सही तरिकाले जिम्मेवार र विश्वसनीय हुनेगरी मात्रै गरिने, कुनै पनि रेडियो सामग्री संकलन, लेखन, निर्माण, सम्पादन र प्रकाशन वा प्रसारणमा एआइको उचित प्रयोग गरिने, कुनै पनि समाचार वा रिपोर्टमा एआइको प्रयोग भएमा त्यसको जानकारी गराइने, इआइको प्रयोगबाट कुनै गल्ती कमजोरी र हानि भएमा माफी माग्दै त्यसको जिम्मेवारी सञ्चारमाध्यम र पदाधिकारीहरूले नै लिइने, समाचार कार्यक्रम तथा विज्ञापन उत्पादन तथा प्रसारणका सिलसिलामा एआइको प्रयोग गरे पनि अन्तिम निर्णय मानव पदाधिकारीबाट नै गरिने उल्लेख छ ।

    त्यसैगरी इआई मार्फत सिर्जित सबै सामग्रीको पुन: परीक्षणपछि मात्रै प्रयोग गरिने, एआइको प्रयोगकै कारणले मानव शक्तिलाई विस्थापित नहुनेतर्फ भर मजदुर प्रयास गरिने, एआइको प्रयोगका लागि जनशक्तिलाई अभिमुखीकृत गर्दै सक्षम बनाइने, एआइको अभ्यासका क्रममा प्रयोग हुने तथ्य तथ्याङ्क तथा सिर्जनाहरूको प्रतिलिपि अधिकार ख्याल गरिने, एआइको सहयोगमा तयार पारिएका सामग्रीबारे गुनासो लिने र सुनवाई गर्ने व्यवस्था गरिने व्यवस्था पनि नेपाली रेडियो नेटवर्कको एआई नीतिमा लेखिएको छ।

    पछिल्लो समय नेपालमा पनि एआईको प्रयोग तीव्र रुपमा बढ्दै गइरहेको छ भने सञ्चार क्षेत्रमासमेत यसको प्रयोग व्यापक रूपमा भइरहेको छ। एआइको दुरुपयोगलाई न्यूनीकरण गर्न र यसका सकारात्मक पक्षहरूलाई प्रवद्र्धन गर्न विदेशका धेरै सञ्चार संस्थाहरुले पनि एआइ नीति जारी गरेका छन् ।

    यस्तो छ नेपाली रेडियो नेटवर्कले जारी गरेको एआई नीतिः

    नेपाली रेडियो नेटवर्क

    कृत्रिम बुद्धिमत्ता (एआइ) नीति

    जारी मिति : २०८१, फागुन १, विश्व रेडियो दिवस

    सूचना प्रविधिको विकाससँगै विभिन्न क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स-एआई) को प्रयोग तीव्र रुपमा बढ्दै गइरहेको छ। यसको प्रयोग सञ्चार क्षेत्रमा पनि व्यापक रुपमा भइरहेको छ। सञ्चारमाध्यममा एआइको सही, जिम्मेवार र विश्वसनीय प्रयोगका लागि छुट्टै नीतिको आवश्यकता महसुस गरिएको छ।

    यस्तो अभ्यास विश्वका केही सञ्चार माध्यमहरूमा सुरु भइसकेका छन् भने नेपालमा खासै प्रयोग नभएकै सन्दर्भमा आज हामीले रेडियो दिवसको अवसर पारेर नेपाली रेडियो नेटवर्कका लागि एआइ नीति घोषणा गरी लागू गरेका छौं। निम्न बमोजिमको "नेपाली रेडियो नेटवर्क एआइ नीति"मा हामी प्रतिब छौं।

    • एआइको प्रयोग गर्दा सही तरिकाले जिम्मेवार र विश्वसनीय हुनेगरी मात्रै गरिनेछ।
    • कुनै पनि रेडियो सामग्री संकलन, लेखन, निर्माण, सम्पादन र प्रकाशन वा प्रसारणमा एआइको उचित प्रयोग गरिनेछ।
    • कुनै पनि समाचार वा रिपोर्टमा एआइको प्रयोग भएमा त्यसको जानकारी गराइनेछ। एआईद्वारा सिर्जित सामग्रीमा एआइको कुनै संकेत उल्लेख गरिनेछ।
    • एआइको प्रयोगबाट कुनै गल्ती कमजोरी र हानि भएमा माफी माग्दै त्यसको जिम्मेवारी सञ्चारमाध्यम र पदाधिकारीहरूले नै लिइनेछ।
    • समाचार, कार्यक्रम तथा विज्ञापन उत्पादन तथा प्रसारणका सिलसिलामा एआइको प्रयोग गरेपनि अन्तिम निर्णय मानव पदाधिकारीबाट नै गरिनेछ।
    • एआइलाई कुनै पनि काम गर्ने सहयोगी माध्यमको रुपमा मात्रै प्रयोग गरिनेछ।
    • एआइ मार्फत सिर्जित सबै सामग्रीको पुन: परीक्षणपछि मात्रै प्रयोग गरिनेछ।
    • एआइको प्रयोगबाट मानवीय कार्य गुणस्तरमा कमी नआउनेतर्फ ध्यान दिइनेछ।
    • एआइको प्रयोगकै कारणले मानव शक्तिलाई विस्थापित नहुनेतर्फ भर मजदुर प्रयास गरिनेछ।
    • एआइको प्रयोगका लागि जनशक्तिलाई अभिमुखीकृत गर्दै सक्षम बनाइनेछ।
    • एआइद्वारा सिर्जित सामग्रीमा मानवीयपनको ध्यान दिइनेछ ।
    • एआइको अभ्यासका क्रममा प्रयोग हुने तथ्य तथ्याङ्क तथा सिर्जनाहरूको प्रतिलिपि अधिकार ख्याल गरिनेछ ।
    • एआईबाट सिर्जना गरिएका सामग्रीमा कसैको अनुमति लिनुपर्ने भएमा अनुमति लिइनेछ।
    • एआई मोडलले कुनै समूह, जाति, लिङ्ग वा समुदायलाई पक्षपात गरेमा सच्याइनेछ।
    • कुनै पनि भ्रम वा गलत सन्देश जाने आइद्वारा सिर्जित सामग्रीहरुलाई प्रयोग गरिने छैन।
    • एआइको सहयोगमा तयार पारिएका सामग्रीबारे गुनासो लिने र सुनवाई गर्ने व्यवस्था गरिनेछ।
    • नेपाली रेडियो नेटवर्कको एआइ सम्बन्धी नीतिको हरेक छ /छ महिनामा आन्तरिक रुपमै समीक्षा गरिनेछ।
    • आवश्यकता अनुसार यो एआइ प्रयोग सम्बन्धी नीतिको परिमार्जन गरिनेछ।

    AI-Policy-of-NRN.docx :To download file click here

     

     


    बिहिवार, फाल्गुण १ २०८१०३:५२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij