काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेपछि विशेष अदालतमा चलिरहेको मुद्दाको सुनुवाइ रोकिएको छ । बुधबार दिउँसो बबरमहलमा रहेको जिल्ला अदालत अघाडी मेलम्ची खानेपानीको पाइप फुटेको थियो ।
पाइप फुटेपछि बबरमहल क्षेत्रमा रहेका विभिन्न सरकारी कार्यालयहरू जलमग्न भएका छन् । विशेष अदालत परिसरमा पानी पसेपछि सुनुवाई नै स्थगित भएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताउनुभयो । उहाँका अनुसार त्यस क्षेत्रमा विद्युत अवरुद्ध भएको छ भने, अदालतको भुइँतला सबै डुबानमा परेको छ ।
दिउँसो अदालतमा सुनुवाई चलिरहेकै बेला खानेपानीको पाइप फुटेर पानी