Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

माघ सकिनै लाग्यो, न हिउँ न वर्षा

माघ सकिनै लाग्यो, न हिउँ न वर्षा

  • मंगलवार, माघ २९ २०८१

  • 438
    SHARES

  • माघ सकिनै लाग्यो, न हिउँ न वर्षा

    कास्की । यसपालिको हिउँदयाम वर्षा र हिमपात नभई बित्न आँटेको छ । पहिलापहिला हिउँले सेताम्मे हुने हिमाली र उच्च पहाडी क्षेत्रमा सुक्खापनको जोखिम बढेको छ ।

    डाँडाकाँडा फुस्रा भएका छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि अधिकृत दिलीप नेपालीले हिउँ र वर्षा नहुँदा किसानलाई चिन्ता थपिएको बताउनुभयो । मौसमअनुसार हिउँ र पानी नपर्दा बालीको उब्जनी र गुणस्तरसमेत खस्कने उहाँको भनाइ छ ।

    पछिल्लो समय जलवायु परिवर्तनको तीव्र असर विशेषगरी हिमाली क्षेत्रमा परेको विभिन्न अध्ययनले देखाएका छन् । मौसमी घटना र प्रवृत्ति यस्तै रहेमा हिमाली क्षेत्रमा रैथाने उत्पादन लोप हुने खतरा छ ।

    हिमपात र वर्षात् नहुँदा खेती प्रणालीसँगै हिमाली जनजीवन पनि प्रभावित भएको छ । हिउँ नपर्दा पर्यटक लोभ्याउने हिमाल पनि कालापत्थरजस्ता देखिन थालेका छन् ।

    विश्वव्यापी रूपमा गहिरिँदो जलवायु सङ्कटको सबैभन्दा ठूलो मार नेपालका हिमालमा परेको विज्ञहरू बताउँछन् ।

    पर्यावरणीय अध्येता कुलचन्द्र अर्यालका अनुसार जलवायु सङ्कटको नकारात्मक असर पर्ने विश्वकै सबैभन्दा बढी संवेदनशील क्षेत्रमा नेपालको हिमालय क्षेत्र पर्छ ।

    अहिलेकै गतिमा तापक्रम बढ्ने अवस्थामा त्यसको असरबाट हिउँ पग्लिँदै जाने हो भने केही दशकमा नेपालका हिमाल कालापत्थरमा परिणत हुने उहाँ बताउनुहुन्छ ।

    विश्वव्यापी तापक्रम वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित पार्दा पनि यही शताब्दीको अन्त्यसम्ममा हिन्दूकुश–हिमालय क्षेत्रको ३६ प्रतिशत हिउँ भण्डार रित्तिने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द (ईसीमोड) को अध्ययनले देखाएको छ । 


    मंगलवार, माघ २९ २०८१०९:३५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij