Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

चितवनमा बस दुर्घटना हुँदा २५ जना घाइते

चितवनमा बस दुर्घटना हुँदा २५ जना घाइते

  • आइतवार, माघ २७ २०८१

  • 641
    SHARES

  • चितवनमा बस दुर्घटना हुँदा २५ जना घाइते

    काठमाडौं। मुग्लिन–नारायणगढ सडकखण्डमा यात्रु वस दुर्घटनामा परेको छ । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

    आज बिहान साढे ४ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट लु प्र ०३–००१ ख ००७७ नम्बरको बस खसेको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २५ जना घाइते भएको र अन्य सकुशल रहेको जानकारी दिनुभयो ।

    भण्डारीका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीको भनाई छ।


    आइतवार, माघ २७ २०८१०७:२२:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij