काठमाडौं। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
जसको प्रभावले अहिले बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
तराईका थोरै स्थानहरुमा हल्का ÷लागेको छ। आगामी २४ घन्टा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
बिहानीपख तराईका भू–भागहरूमा हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको छ। यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्नेतर्फ महाशाखाले सतर्क गराएको छ।