काठमाडौं । चर्चीत हास्यकलाकार सन्तोष खनालको निर्देशनमा रियालिटी शो ‘कमेडी किड्स’ आउने भएको छ । सोमबार ‘वसन्त पञ्चमी’ को शुभ अवसर पारी रघुजी फिल्म्सले नयाँ रियालिटी शो ‘कमेडी किड्स’ को औपचारिक घोषणा गरेको हो ।
मध्य बानेस्वरमा रहेको घराना लन्ज एण्ड वारमा पत्रकार सम्मेलनको आयोजना गर्दै शोको औपचारिक घोषणासँगै लोगो सार्वजनिक गरिएको हो। पछिल्लो समय नेपाली बजारमा बढ्दो रियालिटी शोप्रतिको आकर्षण र दर्शकहरुको बढ्दो चासो र उत्साहलाई मध्यनजर गरी ‘कमेडी किड्स’ ल्याउन लागिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै निर्देशक खनालले ‘कमेडी किड्स’ ले लुकेका बालप्रतिभालाई बाहिर ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वाश लिइएको बताउनुभयो । निर्देशक खनाल नेपालकै सबैभन्दा ठुलो रेडियो नेटवर्क नेपाली रेडियो नेटवर्कका कार्यक्रम संयोजक समेत हुनुहुन्छ ।

