Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

‘पाठेघरको क्यान्सर न्युनीकरण गर्न सबैको सहकार्य आवश्यक छ’- स्वास्थ्यमन्त्री पौडेल

‘पाठेघरको क्यान्सर न्युनीकरण गर्न सबैको सहकार्य आवश्यक छ’- स्वास्थ्यमन्त्री पौडेल

  • मंगलवार, माघ २२ २०८१

  • 490
    SHARES

  • ‘पाठेघरको क्यान्सर न्युनीकरण गर्न सबैको सहकार्य आवश्यक छ’- स्वास्थ्यमन्त्री पौडेल

    कठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरलाई न्युनीकरण गर्न सबैले सहकार्य गर्न जरुरी रहेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
    क्यान्सर निवारणका लागि धेरै कामहरू गर्न बाँकी रहेको बताउँदै मन्त्री पौडेलले पाठेघरको क्यान्सर न्युनीकरण गर्दै निवारणको स्थितिमा पु¥याउने सरकारको लक्ष्य रहेको बताउनुभयो ।
    ‘निरोगी नेपाल बनाउने सरकारको अभियान रहेको छ । पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान नेपाली महिला र भविष्यको नेपाललाई स्वस्थ बनाउनको निम्ति सुरुवात गरिएको हो,’ मन्त्री पौडेलले भन्नुभयो ।
    नेपालका धेरै महिलाहरू पाठेघरको मुखको क्यान्सरबाट पीडित भएर मृत्यु भएको भन्दै भविष्यमा नेपाली महिलाहरूले त्यो अवस्थामा भोग्नु नपर्ने गरी सरकारले अहिलेदेखि अभियान चलाएको उहाँले उल्लेख गर्नुभयो ।
    उपचारात्मक र निरोधात्मक क्षेत्रमा धेरै काम गर्न जरुरी रहेको बताउँदै उनले क्यान्सर निवारणको तहमा पुग्नका लागि सबैले पहल गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।


    मंगलवार, माघ २२ २०८१०२:४५:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij