काठमाडौं । युवा पत्रकार गोकर्ण गौतमको निधन भएको छ । कान्तिपुर दैनिकमा कार्यरत ३१ वर्षका गौतमको न्यूरो अस्पताल बाँसबारीमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।
टाउकोको नसा सुन्निएपछि न्यूरो अस्पताल बाँसबारीमा उहाँको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया सफल हुन नसकेपछि गौतमको निधन भएको हो ।
मकवानपुरका स्थायी बासिन्दा गौतमले काठमाडौँमा बसेर पत्रकारिता गर्दै आउनुभएको थियो । उहाँले अंग्रेजी पत्रिका न्यूपेपर, देशान्तर, नेपाल म्यागजिनमा पनि काम गर्नुभएको थियो ।