Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

यस्तो छ १२ औं राष्ट्रिय जनगणनाको तयारी

यस्तो छ १२ औं राष्ट्रिय जनगणनाको तयारी

  • बिहिवार, मंसिर ४ २०७७

  • 1.6K
    SHARES

  • यस्तो छ १२ औं राष्ट्रिय जनगणनाको तयारी

    काठमाडौं । केन्द्रीय तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणनाको तयारी तीब्र पारेको छ । ०७८ जेठ २५ देखि असार ८ गतेभित्र जनगणना गर्न विभागले कोरोना भाइरस महामारीका बावजुद तयारीलाई निरन्तरता दिएको हो ।

    नेपालमा विस १९६८ मा सुरु भएको जनगणना हरेक १० वर्षमा दोहोरिन्छ । प्रदेश, पालिका र वडाहरूले तयार पारेका आफ्ना प्रोफाइलहरूमा प्रयोग भएका अधिकांश तथ्यांक ०६८ को जनगणनामा आधारित छन । आगामी जनगणनाका लागि ९ हजार सुपरीवेक्षक र ४३ हजार २७७ गणक भर्ना गर्ने विभागको तयारी छ । उनीहरूले तीन महिनाका लागि रोजगारी पाउनेछन् ।

    यसअघि, विभागले राष्ट्रिय जनगणनाका लागि सूचिकरण फारम, लगत–१ र लगत–२ फारम प्रयोग गथ्र्यो । यसपटक त्यसमा सामुदायिक प्रश्नावली थपिएको छ । त्यसमा मृत्यु, रोजगारी, वडाले दिएको सेवा सुविधा, विपद्, वडामा हुने उत्पादन, वडाबाट बाहिरिने वस्तु, आम्दानी, वडा शहरन्मुख हो–होइन लगायतका प्रश्न समेटिएका छन् ।


    बिहिवार, मंसिर ४ २०७७०१:३१:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij